जिल्लाबाहिर र विदेशबाट आएकालाई प्रवेश नदिन वडाअध्यक्ष हिटलरको निर्देशन

राजनीति

ललितपुरका एक वडा अध्यक्षले विदेश र जिल्लाबाहिरबाट आएकालाई घरमा प्रवेश नदिन वडावासीलाई कडा निर्देशन जारी गरेका छन् । हिटलर शाक्य नामका ललितपुर महानगरपालिका नम्बर ६ का वडाध्यक्षले विदेशबाट फर्किएका र बाहिर जिल्लाबाट आएकालाई घरमा प्रवेश नदिन घरधनीहरुलाई निर्देशन दिएका हुन् ।

घरधनीहरुलाई कोठा भाडामा लिएर विदेश वा जिल्लाबाट आएकालाई अर्को सूचना जारी नभएसम्म घरमा बस्न नदिन हिटलरले उर्दी जारी गरेका हुन् । काठमाडौँ उपत्यकाभित्रै कोरोनाको संक्रमण देखिएको भन्दै वडाअध्यक्ष शाक्यले अहिले बसिरहेकाहरुलाई मात्र बस्न दिन र बाहिर भएकालाई फोन गरेर नआउन भन्नसमेत घरधनीहरुलाई निर्देशन दिएका छन् ।

कसैले जिल्ला र विदेशबाट आएका व्यक्तिलाई प्रवेश दिएमा त्यस्ता घरलाई शिल गरिने चेतावनी उनले दिएका छन् । त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च र संक्रमति भएमा सबै क्षतिपूर्ति घरधनीले नै व्यहोर्नुपर्ने हिटलर हस्ताक्षरित सूचनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *