कञ्चनपुरसँगै कैलालीमा समेत काेराेकाे त्रास फेरी बढ्याे, श्रीमान-श्रीमती नै अस्पतालकाे आईसाेलेसन भित्र राखियाे

समाज

धनगढी, कञ्चनपुरका श्रीमान श्रीमती कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाका उनीहरुलाई कोरोनाको लक्षण देखिएपछि भर्ना गरिएको सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

श्रीमान दुई महिना अघि मात्रै भारतबाट आएको खुलेको श्रेष्ठले बताए। ‘ज्वरो आएको तथा घाटी दुख्ने गरेपछि दुवैजना चेकजाँच गर्न अस्पताल आएका रहेछन, शंकास्पद लागेपछि आइसोलेनमा भर्ना गरिएको छ’ सूचना अधिकारी दिलिप श्रेष्ठले भने। उनका अनुसार कोरोना परीक्षणका लागि दुवैको स्वाब संकलन गरी ल्याबमा पठाइएको छ। दिनेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *