कैलालीबाट एकाबिहानै त्रा’सपूर्ण खबर, काेराेनाकाे पुष्टि भएपछि एउटा गाउँ नै सिल गरियाे

समाचार

धनगढी, कैलालीबाट बर्दिया पुगेकी ११ वर्षीय बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको कैलालीको मजगाउँ टोल सिल गरिएको छ । चैत्र ५ गते आफ्नो बजै सँग गोदावरी नगरपालिका ८ मजगाउँ आएकी ती बालिकाको सम्पर्कमा आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको हो ।

गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले उनको सम्पर्कमा आएका २१ परिवारका १ सय ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताए ।

सोमबार कोरोना सङ्क्रमण देखिएकी ती बालीका वैशाख १२ गते मजगाउँबाट कैलालीकै भजनी गएकी थिएन । उनी १६ गते बर्दिया गएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उक्त टोल र अन्य उनी गएको क्षेत्रमा को को थिए भन्ने विषयमा तीन दिन भित्र जानकारी सङ्कलन गरेर परीक्षण गरिसक्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको भनाइ छ । सुदूरडेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *